ललितलाई चितवन टाइगर्सको सहयोग

काठमाडौँ — सवारी दुर्घटनामा घाइते भएका राष्ट्रिय क्रिकेट खेलाडी ललितसिंह भण्डारीलाई चितवन टाइगर्स लगायतका संस्थाले उपचारका लागि नगद सहयोग उपलब्ध गराएका छन् । 

ललितलाई चितवन टाइगर्सको सहयोग

चितवन टाइगर्सले लायन्स क्लब अफ काठमाडौं कर्पोरेट नेपालसँग मिलेर बुधबार १ लाख ११ हजार १ सय ११ रुपैयाँ ११ पैसा उपचारका लागि प्रदान गरेको हो । चितवन टाइगर्सका मालिक एवंम लायन्स कर्पोरेट नेपालका संस्थापक अध्यक्ष किशोर भट्टराई, अध्यक्ष सुशील विष्टले बुधबार ग्रान्डी अस्पतालमा पुगेर ललितकी श्रीमती ममतालाई चेक हस्तान्तरण गरेका थिए ।

त्यस्तै अमेरिकास्थित नेपाल राइनोज क्रिकेट क्लबको डालास शाखाले भण्डारीको उपचारका लागि ७५ हजार ८ सय ३१ रुपैयाँ प्रदान गरेको छ । राइनोजका संयोजक राकेश कर्णमार्फत अमेरिकामा उठाइएको रकम सोमपालमार्फत ललितकी श्रीमती ममतालाई बुधबार हस्तान्तरण गरिएको थियो ।

सो अवसरमा चितवन टाइगर्सका मार्की एवं राष्ट्रिय खेलाडी सोमपाल कामी र राष्ट्रिय टोलीका पूर्वकप्तान विनोद दास, लायन्स क्लबका कोषाध्यक्ष रमेश रुपाखेती उपस्थित रहेका थिए ।

गृहनगर कञ्चनपुरमा अघिल्लो आइतबार साँझ सवारी दुर्घटनामा परेका तीव्र गतिका बलर ललितले २०१७ र २०१८ को एभरेष्ट प्रिमियर लिग क्रिकेटमा चितवन टाइगर्सबाट खेलेका थिए । उनी सवार मोटरसाइकल विपरीत दिशाबाट आएको ट्रकमा ठोक्किएर गम्भीर घाइते भएका थिए । भण्डारीलाई धनगढी, बाँकेको कोहलपुर हुँदै हेलिकप्टरबाट सोमबार काठमाडौं ल्याइएको थियो ।

प्रकाशित : आश्विन ७, २०७७ २०:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?