२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

लुइस स्वारेज एट्लेटिको म्याड्रिड जाने 

एजेन्सी

बार्सिलोना — बार्सिलोनाका स्ट्राइकर लुइस स्वारेज एट्लेटिको म्याड्रिडमा अनुबन्ध हुने भएका छन् । स्वारेजले बार्सिलोनामा निरन्तरता नदिने बताएपछि क्लबले बिना कुनै मूल्य रिलिज गर्ने बताएको थियो ।

लुइस स्वारेज एट्लेटिको म्याड्रिड जाने 

सिरी ए क्लब युभेन्टसमा जाने पक्का भए पनि स्वारेज पासपोर्टका कारण सफल हुन सकेको थिएन । स्वारेजले इटालियन पासपोर्ट प्राप्त गर्न समय लाग्ने भएपछि युभेन्टससँगको सम्झौता पूरा हुन नसकेको हो ।

बीबीसीका अनुसार स्वारेज पारिश्रमिक घटाएरै एट्लेटिकोमा अनुबन्ध हुने भएका हुन् । यसअघि बार्सिलोनाका अध्यक्ष जोसेफ मारिया बार्टोमेउले स्पेनी प्रतिद्वन्द्वी क्लबलाई स्वारेज नबेच्ने बताए पनि अन्तिम समयमा तयार भएका हुन् ।

एट्लेटिकोले स्वारेज भित्र्याउन बार्सिलोनालाई करिब ४ मिलियन युरो मात्रै तिरे पुग्ने पनि बीबीसीले जनाएको छ ।

स्वारेजले एट्लेटिकोमा प्रतिवर्ष बार्सिलोनामा छँदा कमाउने ३० मिलियन युरोको आधा १५ मिलियन कमाउनेछन् । उनी सन् २०१४ मा लिभरपुलबाट ८० मिलियन युरोमा बार्सिलोनामा अनुबन्धित भएका थिए ।

स्वारेजले बार्सिलोनालाई चार वटा ला लिगा, चार वटा कोपा डेल रे र सन् २०१५ मा च्याम्पियन्स लिग र क्लब वर्ल्ड कप जिताउन महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।

प्रकाशित : आश्विन ७, २०७७ १४:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?