२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३००

म्यानचेस्टर युनाइटेड लिगकपको चौथो चरणमा

एजेन्सी

लन्डन — म्यानचेस्टर युनाइटेडले मंगलबार लुटन टाउनलाई ३–० ले हरायो र लिकगपको चौथा चरणमा प्रवेश गर्‍यो । यस्तै वेस्ट ह्यामले पनि हल सिटीमाथि सजिलो ५–१ को जित निकाल्यो ।

म्यानचेस्टर युनाइटेड लिगकपको चौथो चरणमा

तर पूरा दिन इंग्लिस फुटबल भने कोरोना भाइरस संक्रमणको महामारीले नराम्रोसँग प्रभावित रह्यो । वेस्ट ह्यामका व्यवस्थापक डेविड मोयस र उनका दुई खेलाडी खेल अगाडि संक्रमित भएको पुष्टि भएको थियो ।

त्यसैक्रममा खेल सुरु हुन अगाडि मोयस, जोस कलिन र इसा डिप तीनै जना लन्डन स्टेडियम छाडेर ‘आइसोलेसन’ मा गए । संक्रमणकै कारण टोटनहम र लेयटन ओरियन्टबीचको खेल पनि रद्द गरिएको छ ।

प्रकाशित : आश्विन ७, २०७७ ०७:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?