कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

क्यान बोर्ड बैठक बस्दै

एकदिवसीय अन्तर्राष्ट्रिय मान्यताबारे बृहत् छलफल हुने

काठमाडौँ — नेपाल क्रिकेट संघ (क्यान) को मंगलबार बस्ने बोर्ड बैठकमा कप्तान ज्ञानेन्द्र मल्ल र प्रशिक्षक जगत टमाटाले पनि सहभागिता जनाउँदै छन् । चितवनस्थित भरतपुर गार्डेन रिसोर्टमा केहीबेरमा बैठक सुरु हुँदैछ ।

क्यान बोर्ड बैठक बस्दै

नेपालले पाएको एकदिवसीय अन्तर्राष्ट्रिय मान्यताबारे बृहत् छलफल बोर्डले गर्नेछ । त्यसमा सहभागी हुन कप्तान मल्ल र प्रशिक्षक टमाटालाई क्यानले आमन्त्रण गरेको छ । बैठकको एक सत्रमा ज्ञानेन्द्र र कार्यबाहक प्रशिक्षक टमाटाले नेपालको एकदिवसीय अन्तर्राष्ट्रिय मान्यताबारे आफ्नो भनाइ राख्ने छन् ।

नेपालले सन् २०१८ मा जिम्बावेमा भएको विश्वकप छनोटबाट एकदिवसीय मान्यता पाएको थियो । चार वर्षे त्यो मान्यता २०२२ मा सकिने छ । एकदिवसीय अन्तर्राष्ट्रियमा नेपाल टिकिरहन कप्तान र प्रशिक्षक सुझावलाई क्यान कार्यसमिति बैठकमा राख्न लागिएको हो । नेपालले २०२१ मा विश्वकप लिग २ मा २८ एकदिवसीय अन्तर्राष्ट्रिय खेल्नुपर्ने हुनसक्छ ।

क्यानको आगामी साधारणसभा मिति तय गर्न, २०७१/७२ देखिको क्षेत्रसम्मको अडिट पास गर्न, आर्थिक तथा प्रशासनिक नियमावली, कर्मचारी समायोजनबारे बोर्ड बैठक बस्न लागिएको बताइएको छ । चार वर्षदेखि कर्मचारीले नपाएको तलबबारे पनि छलफल हुनेछ ।

क्यानलाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले सन् २०१६ देखि झन्डै चार वर्ष निलम्बन गरेको थियो, त्यो अवधिमा कर्मचारीले अधिकांश समयको तलब पाएका छैनन् । क्यान निलम्बनको अवधिमा कार्यालयमा गई काम गरे नगरेको आधारमा तलब निर्धारण हुनसक्ने क्यान स्रोतले जनाएको छ ।

प्रकाशित : आश्विन ६, २०७७ १२:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?