२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

म्यानचेस्टर सिटीको प्रभावशाली जित

एजेन्सी

लन्डन — म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा सोमबार उल्भ्सलाई ३–१ ले हराएर प्रभावाली जित हासिल गरेको छ ।  गत सिजन उल्भ्सले लिगका दुवै खेलमा सिटीलाई हराएको थियो ।

म्यानचेस्टर सिटीको प्रभावशाली जित

यसका केभिन डे ब्रुएना, फिल फोडेन र ग्याब्रिएल जिससले गोल गरे । उल्भ्सका तर्फबाट सम्भव भएको एक गोल जिमिनेजको नाममा रह्यो ।

अर्को खेलमा एस्टन भिल्लाले १० खेलाडीमा सीमित सेफिल्ड युनाइटेडलाई १–० ले हरायो ।त्यसमा इजरी कोन्साले निर्णायक गोल गरे । सेफिल्डको यो लगातार दोस्रो हार हो र यससँगै उसले लिगमा खराब सुरुवात गरेको छ। भिल्लाको भने यो पहिलो खेल हो ।

एसी मिलान विजयी

मिलान– एसी मिलानले इटालीको सिरी ए नयाँ सिजनको आफ्नो पहिलो खेलमा बोलोग्नालाई १–० ले हराएको छ । मिलानका लागि दुवै गोल ज्लाटन इब्रामोभिचले गरे ।

प्रकाशित : आश्विन ६, २०७७ ०७:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?