१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०८

जोकोभिचले जिते इटालियन मास्टर्स

रोयटर्स

रोम — विश्व नम्बर १ नोभाक जोकोभिचले सोमबार इटालियन ओपन जितेका छन् । उनले यसका लागि अर्जेन्टिनाका डिएगो स्वार्टजमनलाई ७–५ र ६–३ ले हराए ।

जोकोभिचले जिते इटालियन मास्टर्स

जोकोभिचले एटीपी मास्टर्सको उपाधि जितेको यो ३६औं पटक हो । आफ्नो खेलजीवनको पहिलो एटीपी फाइनल खेलिरहेका स्वार्टजमनले पहिलो सेटमा ३–० को अग्रता लिएर पनि खेल सिधा सेटमा गुमाएका हुन् ।


यूएस ओपनमा खेल्न अयोग्य भन्दै निष्कासित गरिएपछि जोकोभिचले खेलेको यो पहिलो प्रतियोगिता हो र यसमा उनी उपाधि जित्न पनि सफल रहे । अब अर्को साता फ्रेन्च ओपन सुरु हुनेछ । त्यसमा उनी आफ्नो चुनौती पेस गर्न उत्रनेछन् ।

प्रकाशित : आश्विन ६, २०७७ ०७:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?