युभेन्टसमा पिर्लोको विजयी सुरुवात

एजेन्सी

टुरिन — प्रशिक्षकका रूपमा आन्द्रे पिर्लोले इटालीको सिरी ‘ए’ मा आइतबार विजयी सुरुवात गरेका छन् । साम्पडोरियामथि युभेन्टसको लगातार दसौं जितको अन्तर ३–० रह्यो ।

युभेन्टसमा पिर्लोको विजयी सुरुवात

डेब्युमा डेजन कुलुसेभ्सकीले गोलको खाता खोलेपछि लियोनार्डो बोनुची र क्रिस्टियानो रोनाल्डोले एक-एक गोल गरे । मिलान र युभेन्टसका प्रशिक्षक रहेको पिर्लोले आश्चर्यजनक रूपमा टुरिन क्लब हेर्ने जिम्मा पाएका हुन् ।

मउरिजो सारी बर्खास्त भएपछि प्रशिक्षणमा अनुभव नभएका पिर्लोलाई अवसर दिइएको थियो ।

प्रकाशित : आश्विन ५, २०७७ ०७:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?