३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

टोटनहमको जितमा सनको ४ गोल

(एजेन्सी)

लन्डन — टोटनहमले इंग्लिस प्रिमियर लिगमा आइतबार यो सिजनको पहिलो जित निकालेको छ ।दक्षिण कोरियाली खेलाडी ह्वेङ–मिन सनको ४ गोलको मद्दतले टोटनहमले साउथह्याम्पटनलाई ५–२ ले हरायो ।

टोटनहमको जितमा सनको ४ गोल

जोसे मोउरिन्होको टोटनहम साउथह्याम्पटनको मैदानमा १ गोलले पछाडि हुँदा दबाबमा देखिएको थियो । ड्यानी इन्गसले घरेलु टिमका लागि पहिलो गोल गरे । पहिलो हाफको ठीक अगाडि सनले बराबरी गोल फर्काए ।

दोस्रो हाफमा उनले थप ३ गोल गरे । ह्यारी केनले पनि टोटनहमका लागि १ गोल गरे र उनले नै सनका चारै गोलमा अवसर सिर्जना गरे । इन्गसले नै खेलको अन्त्यमा पेनाल्टीबाट साउथह्याम्पटनका लागि दोस्रो गोल गरे ।

टोटनहम लिगको आफ्नो पहिलो खेलमा एभरटनसँग पराजित रहेको थियो । साउथह्याम्पटनको भने यो दुई खेलमा दोस्रो हार हो र यससँगै टिम दबाबमा आएको छ ।

प्रकाशित : आश्विन ४, २०७७ १८:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?