कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

वेस्ट ह्यामविरुद्ध आर्सनल विजयी, क्रिस्टल प्यालेसले म्यानचेस्टरलाई हरायो

एजेन्सी

लन्डन — मिखेल आर्टेटाको आर्सनलले शनिबार राति वेस्ट ह्यामलाई २–१ ले हराएर इंग्लिस प्रिमियर लिगमा लगातार सुरुवाति दुई खेल जितेको छ । आर्सनलका लागि एडी केटिहले खेलको अन्त्यतिर निर्णायक गोल गरे ।

वेस्ट ह्यामविरुद्ध आर्सनल विजयी, क्रिस्टल प्यालेसले म्यानचेस्टरलाई हरायो

यसपल्ट आर्सनलसँगै एभरटन र क्रिस्टल प्यालेसले सुरुवाति दुई खेल जितेका छन् । आर्सनलले एलेक्जान्डर लेकाजेटको गोलले अग्रता लिएयता वेस्ट ह्यामका लागि मिखाइल एन्टोनियोले बराबरी गोल फर्काएका थिए ।

तस्बिर : रोयटर्स

यसअघि म्यानचेस्टर युनाइटेड भने सिजनको आफ्नो पहिलो खेलमा प्यालेससँग घरमा ३–१ ले पराजित रह्यो । विलफ्रेड जाहाले दुई गोल गरेपछि प्यालेस यो जित निकाल्न सफल भएको हो ।

यस्तै अर्को खेलमा लिड्स युनाइटेडले फुलहमलाई ४–३ ले पन्छायो ।

प्रकाशित : आश्विन ४, २०७७ ०७:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?