३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७९५

आईपीएलको उद्घाटन खेलमा चेन्‍नाई विजयी

डिफेन्डिङ च्याम्पियन मुम्बई इन्डियन्सलाई ५ विकेटले पराजित
एजेन्सी

अबुधाबी — सुस्त सुरुवात लिएको चेन्नाइले पछि आक्रामक खेल प्रदर्शन गर्दै इन्डियन प्रिमियर लिगमा शनिबार डिफेन्डिङ च्याम्पियन मुम्बई इन्डियन्सलाई ५ विकेटले हराएको छ ।

आईपीएलको उद्घाटन खेलमा चेन्‍नाई विजयी

जितका लागि १ सय ६३ रन पछ्याइरहेको चेन्नाइले चार बलको खेल बाँकी छँदै आवश्यक रन बनाएको थियो । चेन्नाईका लागि अम्बाती रायडुले सर्वाधिक ७१ रन बनाए । यस्तै फाफ डु प्लेसिस ४४ बलमा ५५ रन बनाएर नटआउट रहे ।

यसअघि मुम्बईले २० ओभरमा ९ विकेट गुमाएर १ सय ६२ रन बनाएको थियो । त्यसमा शौरभ तिवारीले सर्वाधिक ४२ रन बनाए । गत वर्षको प्रतियोगितामा मुम्बईले चेन्नाईलाई नै हराएर उपाधि जितेको थियो ।

प्रकाशित : आश्विन ४, २०७७ ०७:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?