टोटेनहम फर्किंदै बेल

रोयटर्स

लन्डन — रियल म्याड्रिडमा सातवर्षे उपाधिमय यात्रापछि गारेथ बेल इंग्लिस प्रिमियर लिगको टोली टोटेनहम हटस्पर फर्किने भएका छन् । स्पेनिस राजधानी म्याड्रिडमा उनको बिदाइमा धन्यवादभन्दा पनि निराशाको ठूलो भावना देखिएको छ ।

टोटेनहम फर्किंदै बेल

सन् २०१३ मा रियल गएयता बेलले २ सय ५१ खेलमा १ सय ५ गोल गर्नुका साथै ६८ गोलका लागि पास निकालिदिएका थिए । त्यसमा एट्लेटिको म्याड्रिड, लिभरपुलसँग च्याम्पियन्स लिग फाइनल र कोपा डेल रेमा परम प्रतिद्वन्द्वी बार्सिलोनाविरुद्ध गरेको विजयी गोल समावेश छ ।

उनको वार्षिक पारिश्रमिक ३ करोड युरो रहेको छ । मैदानभित्र पसेपछि सानदार प्रदर्शन गरे पनि चोटका कारण धेरै समय उनी मैदानबाहिर नै रहने गरेका थिए । त्यसअनुसार उनले रियलबाट खेल्दा प्रतिमिनेटको पारिश्रमिक २३ हजार ८ सय युरो हुन आउँछ । स्पेनिस स्पोर्टस् समाचारपत्र एएसले बिहीबार बेलले रियलबाट प्रतिमिनेट खेल्दाको शीर्षकमै समाचार लेखेको छ ।

जिनेदिन जिदान दोस्रो कार्यकाल रियलको प्रशिक्षक भएर आएपछि उनीसँग बेल जम्न सकेका थिएनन् । बेलले त्यसयता धेरै समय बेन्चमै बिताए । उनले कमै मात्र खेल्न पाए । टोटेनहमले उनलाई १० करोड १० लाख युरोमा रियलमा बेचेको थियो । ३१ वर्षे बेल शुक्रबार म्याड्रिडबाट लन्डन उड्दै छन् । उनको अहिले स्थायी अनुबन्धन हुन लागेको होइन । टोटेनहमले उनलाई लोनमा लिन लागेको हो । टोटेनहम प्रिमियर लिगको पहिलो खेलमा एभरटनसँग १–० ले पराजित भएको थियो ।

प्रकाशित : आश्विन २, २०७७ ०९:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?