कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

क्रिकेटर ललितको मुख्य चोटको शल्यक्रिया सम्पन्न

काठमाडौँ — कञ्चनपुरमा सडक दुर्घटनामा घाइते भएका राष्ट्रिय क्रिकेट टिमका खेलाडी ललितसिंह भण्डारीको आज शल्यक्रिया भएको छ । क्रिकेट खेलाडी संघ नेपाल (सिप्यान) ले बिहीबार ललितको मुख्य चोटको शल्यक्रिया भएको बताएको हो ।

क्रिकेटर ललितको मुख्य चोटको शल्यक्रिया सम्पन्न

कञ्चनपुरमा दुर्घटना भएपछि थप उपचारका लागि काठमाडौंको ग्राण्डी अस्पतालमा भर्ना भएका ललितको डा.चक्रराज पाण्डेको टिमले शल्यक्रिया गरेको सिप्यानले बताएको छ । सिप्यानले ललितको अवस्था स्थिर रहेको समेत बताएको छ । ललितलाई आइतबार राति धनगढीबाट महेन्द्रनगर जाँदै गरेको ट्रकले ठक्कर दिएको थियो । मोटरसाइकलमा सवार ललित र उनका भाइलाई चोट लागेको थियो ।

दुर्घटनामा परेपछि ललितलाई धनगढीको निसर्ग हस्पिटलमा राखेर उपचार गरिएको थियो । त्यहाँका चिकित्सकले थप उपचारका लागि ललितलाई नेपागञ्ज मेडिकल कलेज कोहलपुरमा रिफर गरेपनि थप उपचारका लागि सोमबार हेलिकप्टरबाट काठमाडौं ल्याइएको थियो । ललितको उपचारका लागि पछिल्लो समय सिप्यानले आर्थिक संकलन गरिरहेको छ । चोटकै कारण ललित पछिल्लो समय राष्ट्रिय टिमबाट बाहिर रहँदै आएका थिए ।

प्रकाशित : आश्विन १, २०७७ १५:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?