१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

इंग्ल्यान्डविरुद्धको वान डे सिरिज अस्ट्रेलियाले जित्यो

एजेन्सी

म्यानचेस्टर — ग्लेन म्याक्सवेल र एलेक्स केरी दुवैले उत्कृष्ट शतक बनाएपछि अस्ट्रेलियाले तेस्रो तथा निर्णायक वान डेमा बुधबार इंग्ल्यान्डलाई ३ विकेटले हरायो र नाटकीय रूपमा वान डे सिरिज २–१ ले जित्यो ।

इंग्ल्यान्डविरुद्धको वान डे सिरिज अस्ट्रेलियाले जित्यो

जितका लागि ३ सय ३ रन पछयाइरहेको अस्ट्रेलिया एक समय ७५ रन बनाउँदासम्म ५ विकेट गुमाइसकेको स्थितिमा थियो ।

त्यति बेला म्याक्सवेल क्रिजमा अए र उनले केरीसँग मिलेर छैटौं विकेटका लागि २ सय १२ रनको साझेदारी गरे । म्याक्सवेलले १ सय ८ रन बनाए भने केरीले १ सय ६ र जोडे । विश्व च्याम्पियन इंग्ल्यान्डले ५ वर्षयता घरमा वान डे सिरिज गुमाएको यो पहिलो पल्ट हो ।

तस्बिर : रोयटर्स

अस्ट्रेलियाका लागि १ सय १३ खेलेका म्याक्सवेलको यो दोस्रो शतक मात्र हो । यस्तै विकेटकिपर केरीले आफ्नो खेल जीवनको पहिला वान डे शतक बनाए ।

अस्ट्रेलिया जितसम्म पुग्दा दुई बलको खेल बाँकी थियो । यसअघि बिन रन २ दुई विकेट गुमाएको इंग्ल्यान्डले जोनी बेयरस्टोको शतकमा ३ सय २ रन जोडेको थियो ।

प्रकाशित : आश्विन १, २०७७ ०६:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?