१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

मोपिलियरसँग लियोन पराजित

एजेन्सी

पेरिस — फ्रान्सेली लिग वानमा ठूला टिमको हार क्रम कायम रह्यो र मंगलबारको खेलमा लियोन मोपिलियएरको हातबाट २–१ ले पराजित रह्यो । विजयी टिमका लागि दुवै गोल टेजी साभानरले गरे ।

मोपिलियरसँग लियोन पराजित

खेलको अन्त्यतिर लियोनका तर्फबाट मेम्फिस डिपेले सान्त्वना गोल फर्काए । अंक तालिकामा तीन खेलबाट सात अंक बटुलेर रेनेस शीर्ष स्थानमा रहेको छ ।

डिफेन्डिङ च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी) ले दुई खेलबाट कुनै अंक बटुल्न सकेको छैन ।

इंग्लिस लिगकपमा बर्नमाउथ विजयी

लन्डन– इंग्लिस लिगकपमा बर्नमाउथले नाटकीय टाइब्रेकरमा क्रिस्टल प्यालेसलाई ११–१० ले हराएर प्रतियोगिताको तेस्रो चरण पुगेको छ । निर्धारित समयको खेल गोलरहित बराबरीमा थियो ।

सुरुमा दुवै टिमका गरेर सबै २० आउटफिल्ड खेलाडीले पेनाल्टीमा गोल गरेका थिए । त्यसपछि दुवै टिमका गोलरक्षक चुके । यस्तो डेविड ब्रुक्सले आफ्नो दोस्रो प्रहारमा गोल गरे र यो नै निर्णायक सावित भयो ।

प्रकाशित : भाद्र ३१, २०७७ ०७:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?