मेसी सन् २०२० मा सबैभन्दा बढी कमाउने फुटबल खेलाडी- खेलकुद - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मेसी सन् २०२० मा सबैभन्दा बढी कमाउने फुटबल खेलाडी

एजेन्सी

लन्डन — बार्सिलोनाका लियोनल मेसी सन् २०२० मा फुटबलमा सर्वाधिक कमाउने खेलाडी भएका छन् । फोर्ब्सका अनुसार उनको वार्षिक आम्दानी १२ करोड ६० लाख डलर रह्यो । युभेन्टसका क्रिस्टियानो रोनाल्डो ११ करोड ७० लाख डलर कमाइसँगै दोस्रो स्थानमा रहे । 

यस्तै तेस्रो स्थानमा पेरिस सेन्ट जर्मेन (पीएसजी) नेयमार छन् । चौथो स्थानमा पीएसजीकै अर्का खेलाडी केलियन एमबापे छन् । सर्वाधिक कमाउने फुटबल खेलाडीको सूचीमा इंग्लिस प्रिमियर लिगका तीन खेलाडी परेका छन्, मोहम्मद सलाह, पउल पोग्बा र डेविड डि गेया ।

यस्तै शीर्ष दसमा रियल म्याड्रिडका फरवार्ड गेराथ बेल पनि रहेका छन् । तर बेलका लागि पछिल्लो सिजन व्यक्तिगत प्रदर्शनमा निराशाजनक रह्यो ।

सन् २०२० मा सर्वाधिक कमाउने फुटबलका १० खेलाडी

१. लियोनल मेसी– १२ करोड ६० लाख डलर

२. क्रिस्टियानो रोनाल्डो– ११ करोड ७० लाख डलर

३. नेयमार– ९ करोड ६० लाख डलर

४. केलियन एमबापे– ४ करोड २० लाख डलर

५. मोहम्मद सलाह– ३ करोड ७० लाख डलर

६. पउल पोग्बा– ३ करोड ४० लाख डलर

७. एन्टोन ग्रिजमन– ३ करोड ३० लाख डलर

८. गेराथ बेल– २ करोड ९० लाख डलर

९. रोबर्ट लेवनडोस्की– २ करोड ८० लाख डलर

१०. डेभिड डि गेया– २ करोड ७० लाख डलर

प्रकाशित : भाद्र ३०, २०७७ ०६:४९
प्रतिक्रिया
पठाउनुहोस्

खर्चालु चेल्सीको विजयी सुरुवात

एजेन्सी

लन्डन, — फ्रायन्क लाम्पार्डको खर्चालु चेल्सीले सोमबार इंग्लिस प्रिमियर लिगमा विजयी सुरुवात गरेको छ । उसले ब्राइटनको घरमा ३–१ को जित निकाल्यो र त्यसमा टिमो वार्नरले आत्मविश्वासले भरिएको डेब्यु गरे । 

चेल्सीले नयाँ खेलाडी अनुबन्ध गर्नका लागि भनेर २५ करोड ७० लाख डलर खर्चेको छ । वार्नरले जितेको पेनाल्टीमै जोरजिन्होले पहिलो गोल गरे । लगतै लियोनार्डो टोसार्डले ब्राइटनका तर्फबाट एक गोल फर्काए । त्यसयता चेल्सीका तर्फबाट रेसे जेम्स र कर्ट जुमाले गोल गरे । लाम्पार्डका लागि यो अपेक्षित सुरुवात पनि रह्यो ।

उनले लिग अगाडि क्लबले नयाँ खेलाडीमा धेरै खर्च गरेको हुनाले आफू दबाबमा रहेको पनि स्विकारेका थिए । गत सिजन लिगमा विजेता लिभरपुलभन्दा ३३ अंकले पछाडि रहेको चेल्सी एफएकप फाइनलमा पनि आर्सनलसँग पराजित रहेको थियो । तर यसपल्ट टिम सुदृढ बनाएपछि चेल्सीले उपाधिका लागि बलियो दाबेदारी पेस गर्ने छ ।

यस्तै अर्को खेलमा उल्भ्सले सेफिल्ड युनाइटेडमाथि २–० को जित रच्न सफल रह्यो ।उल्भ्सले भने छ मिनेटको अन्तरमा दुई गोल गरेको थियो । राउल जिमिनेज र रोमेन साइस उसका लागि गोलकर्ता रहे । गत सिजन ५९ खेल खेलेको उल्भ्सले यसपल्टको लिगको क्रममा थाकेको कुनै लक्षण देखाएन । ब्रामल लेनमा उल्भ्सले तेस्रो र छैटौं मिनेटमा गोल गरेको थियो र त्यसपछि बाँकी खेल आरामले खेल्यो ।

प्रकाशित : भाद्र ३०, २०७७ ०६:३६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×