कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

ट्रकको ठक्करबाट क्रिकेटर ललित घाइते

भवानी भट्ट

कञ्‍चनपुर — राष्ट्रिय क्रिकेट टोलीका सदस्य ललितसिंह भण्डारी सडक दुर्घटनामा परेर घाइते भएका छन् । आइतबार साँझ उनी चढेको मोटरसाइकललाई मिनी ट्रकले ठक्कर दिँदा ललितसँगै उनका भाइ नाता पर्ने करण ठगुन्ना पनि घाइते भएका हुन् ।

ट्रकको ठक्करबाट क्रिकेटर ललित घाइते

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार म२प ४७०५ नम्बरको मोटरसाइकलमा महेन्द्रनगरबाट झलारीतर्फ गइरहेका ललितलाई विपरीत दिशाबाट आएको से१ख १३२४ नम्बरको मिनी ट्रकले झलारी बजारमै ठक्कर दिएको हो 

उनको धनगढीस्थित निसर्ग अस्पतालमा आकस्मिक उपचारपछि कोहलपुरस्थित नेपालगन्ज मेडिकल कलेज रिफर गरिएको छ ।

‘ललितको टाउको, हात र कम्मरमा चोट छ,’ जिल्ला प्रहरी कार्यालय कञ्‍चनपुरका डीएसपी अमरबहादुर थापाले भने, ‘दुवैको अवस्था मध्यम छ ।’ उनका अनुसार ट्रक चालक भने फरार भएका छन् ।

पूर्वकप्तान पारस खड्काले ललितको दुवै हात र एउटा खुट्टाको अपरेसन गर्नुपर्ने चिकित्सकले बताएको जानकारी दिएका छन् । उनका अनुसार ललितको स्वास्थ्य अवस्था स्थिर र खतरामुक्त रहेको छ ।

प्रकाशित : भाद्र २९, २०७७ ०८:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?