कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

अमेरिकी मोर्गनको इंग्ल्यान्डमा परीक्षा

एपी

लन्डन — इंग्ल्यान्डविरुद्ध गोल गरेपछि एलेक्स मोर्गनले एकपल्ट कपबाट चिया खाएको प्रतीक देखाउँदै खुसियाली मनाएकी थिइन् । अब तिनै खेलाडी इंग्ल्यान्ड पुगेकी छन् । उनलाई थाहा हुनेछ, वास्तवमा यहाँको फुटबल कस्तो छ भनेर । टोटेनहमले भर्खरै एक सिजनका लागि भनेर यी अमेरिकी खेलाडीलाई अनुबन्ध गरेको छ ।

अमेरिकी मोर्गनको इंग्ल्यान्डमा परीक्षा

यो समाचार बाहिर आउनेबित्तिकै इंग्ल्यान्डको महिला फुटबलको आधिकारिक ट्वीटमा लेखिएको थियो, ‘के उनलाई टी–ब्याग पनि चाहिने हो त ?’ अहिले इंग्ल्यान्डमा वुमेन्स सुपर लिगको खुबै चहलपहल छ । टोटेनहमले पनि आफ्नो इतिहासमै सबैभन्दा ठूलो अनुबन्ध गरेको छ । खासमा यसलाई इंग्ल्यान्डको मात्र नभएर पूरा इंग्लिस महिला फुटबलकै सबैभन्दा सनसनीपूर्ण अनुबन्ध भनिएको छ ।

सन् २०१९ मा उनी विश्वका उत्कृष्ट खेलाडीको मतदानमा तेस्रो स्थानमा आइन् । उनले अमेरिकाका लागि १ सय ६९ खेलमा १ सय ७ गोल गरिसकेकी छन् । सन् २०१२ मा लन्डनमा ओलम्पिक हुँदा उनीसम्मिलित अमेरिकी टिमले स्वर्ण जितेको थियो । सन् २०१५ र २०१९ को विश्वकप विजेता टिमकी सदस्य पनि हुन् उनी । सन् २०१९ को त्यही विश्वकपमा त हो, मोर्गनले चिया खाएको नक्कल गर्दै गोलको खुसी मनाएको । इंग्ल्यान्डमा उनी एक्ली अमेरिकी खेलाडी हुने छैनन् । धेरै अमेरिकी खेलाडीले यसपल्ट इंग्ल्यान्डमा खेल्दैछन् । जस्तो, रोज लाभेली र साम मेविस म्यानचेस्टर सिटीका लागि खेल्दैछन् । टोबिन हिथ र क्रिस्टेन प्रेसले म्यानचेस्टर युनाइटेडबाट खेल्नेछन् ।

अनि सबैको उद्देश्य हुनेछ, अर्को वर्षको टोकियो ओलम्पिकका लागि उच्च लयमा रहने । इंग्ल्यान्डमा ३१ वर्षीया मोर्गनले खेल्न लागेको यो पहिलोपल्ट हो । त्यो पनि आफ्नो पहिलो सन्तानका रूपमा चार्ली जन्मेको चार महिनापछि । मोर्गनको ट्वीटमा पछ्याउने ३९ लाख छन् । त्यसमै उनले लेखेकी छन्, ‘सन् २०२० वर्ष मेरा लागि निकै अविश्वसनीय रहेको छ । तर अब के हुने हो, त्यो कसैलाई थाहा छैन ।’

उनले युरोपमै खेल्न लागेको भने यो दोस्रोपल्ट हो । यसअघि उनले लियोनबाट खेलेकी थिइन् । त्यसै क्लबबाट खेल्दै उनले सन् २०१७ मा युरोपेली च्याम्पियन्स लिग जितेकी थिइन् । अहिले उनी टोटेनहम पुगेकी छन् । रमाइलो के भने टोटेनहमले महिला लिगमा खेल्न लागेको यो दोस्रो सिजनमात्र हो ।

प्रकाशित : भाद्र २९, २०७७ ०८:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?