२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३११

टोटनहमको घरमा एभर्टनलाई सफलता

एजेन्सी

लन्डन — एभर्टनले सिजन अगाडि टिमलाई सुदृढ बनाउन नयाँ खेलाडी किनेको रणनीतिलाई सही सावित गर्दै आइतबार इंग्लिस प्रिमियर लिगमा टोटनहमलाई १–० ले हराएको छ ।

टोटनहमको घरमा एभर्टनलाई सफलता

टोटनहमको घरमा एभर्टनले जित निकालेको यो सन् २०१२ यता पहिलो हो । कार्लोस एन्सेलोटीको टिमका लागि डोमिनिक क्लेभर्ट लेविन्सले हेडबाट निर्णायक गोल गरे ।

यसअघि जेमी भार्डीले पेनाल्टीबाट गरेको दुई गोलमा लेस्टर सिटीले वेस्ट ब्रुमलाई ३–० ले हराएको छ । यससँगै यसपल्ट प्रिमियर लिगमा बढुवा पाएका तीनै टिम वेस्ट ब्रुम, लिड्स युनाइटेड र फुलहम पराजित भएका छन् ।

प्रकाशित : भाद्र २९, २०७७ ०७:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?