एन्फाले ‘भर्चुअल’ अभ्यास गराउने

काठमाडौँ — अखिल नेपाल फुटबल संघ (एन्फा) ले आफ्ना खेलाडीलाई फिट राख्न ‘भर्चुअल’ अभ्यास सुरु गराउने भएको छ । एन्फा आबद्ध प्रशिक्षकले आफ्नो जिल्लामा रहेका खेलाडीलाई ‘म्याच फिट’ राख्ने उद्देश्यले ‘भर्चुअल’ प्रशिक्षणको निर्देशन दिनेछन् ।

एन्फाले ‘भर्चुअल’ अभ्यास गराउने

यसलाई लिएर एन्फाले आफ्ना प्रशिक्षकहरूलाई निर्देशन पनि दिइसकेको छ । अब प्रशिक्षकले प्रशिक्षण कार्यक्रम तय गरेर खेलाडीलाई अभ्यासका लागि तयार पार्नेछन् । ‘अब स्वतन्त्र रूपमा कहिलेदेखि फुटबल खेलाडीले अभ्यास गर्न पाउने हो, त्यो तय छैन । लगातार अभ्यास नगर्दा खेलाडीको स्तरमा कमी आउने छ र प्रतियोगिता सुरु हुँदासम्म तिनीहरू फिट भइनसकेको हुन सक्छन्,’ एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले भने ।

पूर्ण रूपमा सुरक्षित खेल अभ्यास र प्रशिक्षणको अवसर तयार पार्न आवाज उठाइरहेका अध्यक्ष एन्फाले अहिलेकै स्थितिमा फुटबल प्रतियोगिता हुने भए त्यसमा खेलाडीको प्रदर्शन कमजोर हुने बताए । ‘अहिलेदेखि नै अभ्यास नगर्ने हो भने फुटबल खेलाडी प्रतियोगिता सुरु हुँदा राम्रोसँग खेल्न सक्ने स्थितिमा नै हुने नसक्ने डर छ,’ उनले थपे । उनका अनुसार सुरुआती चरणमा एन्फाका प्रशिक्षकले आफ्नो क्षेत्रमा रहेका खेलाडीलाई फिट रहने कार्यक्रमको सूची पठाउने छन् र ‘भर्चुअल’ रूपमा अभ्यासका लागि तयार पार्नेछन् । अध्यक्ष शेर्पाले नेपाली राष्ट्रिय टिमको तयारीका लागि पनि चाँडै कार्यक्रम तयार पार्ने र त्यसलाई कार्यान्वयनमा ल्याउने बताए ।

प्रकाशित : भाद्र २५, २०७७ ०९:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?