१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०८

पारस फिनिक्सको ब्रान्ड एम्बासडर

काठमाडौं — राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्का फिनिक्स कलेज अफ म्यानेजमेन्टको ब्रान्ड एम्बासडरमा नियुक्त भएका छन्  । पारस बानेश्वर थापागाउँस्थित सोही कलेजमा सेप्टेम्बरदेखि एमबीएमा अध्ययनरत रहेको फिनिक्सले जनाएको छ  ।

पारस फिनिक्सको ब्रान्ड एम्बासडर

फिनिक्सका प्राचार्य विनोदबहादुर खत्रीले पारस प्राख्यात खेलाडीमात्र नभई राम्रो र मेधावी विधार्थीको रूपमा आफूले पाएको जनाएका छन् ।

कलेजका निर्देशक लक्ष्मण पोखरेल र पारसबीच दुई वर्षको ब्रान्ड एम्बासडरका लागि सम्झौतापत्रमा हस्ताक्षर भएको छ । फिनिक्सले लिंकन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरी एमबीए र बीबीए कार्यक्रम सञ्चालन गरिरहेको छ ।

पारसले फिनिक्सको विज्ञप्तिमा खेलाडी जीवनपछि औपचारिक र उच्च शिक्षा निकै जरुरी रहेको जनाउँदै भनेका छन्, ‘उनीहरूको भविष्यका लागि एक शिक्षित खेलाडी आफैंलाई, विश्व र खेल अझ राम्ररी बुझ्न सक्षम हुन्छ ।

पारसले सन् २००९ देखि २०१९ सम्म नेपालको कप्तानी गरेको थिएँ । यसैक्रममा नेपालले विश्व ट्वान्टी–२० खेलेको थियो भने एकदिवसीय अन्तर्राष्ट्रिय मान्यताप्राप्त राष्ट्र बनेको थियो ।

प्रकाशित : भाद्र २२, २०७७ ०८:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?