कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मेसी र बार्साबीच ‘गुपचुप’ सम्बन्ध

‘म बार्सिलोनामै रहनेछु ।’ एउटै क्लबमा २० वर्ष बिताएपछि मेसीले बार्सिलोना छाड्न चाहनु पक्कै दुःखद हो । उनले पछिल्लो ९ महिनादेखि आफू खुसी नरहेको देखाइरहेका नै थिए । उनी भन्थे, ‘म खुसी हुन चाहन्छु, तर क्लबमा मैले खुसी भेटाइरहेको छैन ।’
द गार्डियन

बार्सिलोना — अनुहारमा हाँसो छैन । हात मिलाइ पनि छैन । न त मिलापत्र नै । लियोनल मेसी बार्सिलोनामा बस्ने त तय भएको छ तर पूरा घटनाक्रमको सुखद अन्त्य भने भएको छैन ।

मेसी र बार्साबीच ‘गुपचुप’ सम्बन्ध

कम्तीमा अहिलेका लागि दुई पक्षबीचको ‘तँछाडमछाड’ को स्थिति सकिएजस्तो देखिन्छ, तर होइन । खासमा न त मेसीले केही पाएका छन्, न बार्सिलोनाले । क्लब अध्यक्ष जोसेप मारिया बार्टोमेउ त झनै केही पाएका छैनन् । उनले विश्वकै सर्वाधिक उत्कृष्ट खेलाडीलाई क्लब छाड्नबाट पनि रोक्न सकेनन् ।

बरु मेसी नै अगाडि आए । भने, ‘म बार्सिलोनामै रहनेछु ।’ एउटै क्लबमा २० वर्ष बिताएपछि मेसीले बार्सिलोना छाड्न चाहनु पक्कै दुःखद हो । उनले पछिल्लो ९ महिनादेखि आफू खुसी नरहेको देखाइरहेका नै थिए । उनी भन्थे, ‘म खुसी हुन चाहन्छु, तर क्लबमा मैले खुसी भेटाइरहेको छैन ।’

खासमा मेसी शक्ति सन्तुलनको लडाइँमा उत्रेका पनि होइनन्, न त उनी नयाँ अझ महँगो अनुबन्ध चाहन्थे । उनी स्पष्ट थिए, क्लब छाड्न चाहन्थे ।

आखिरमा मेसीले आफू बार्सिलोनामै बस्न चाहेको कारण यस्तो देखाए, क्लबप्रतिको अपार माया । माया भन्दैमा यसमा नयाँ अनुबन्ध र वाचा हुनुपर्छ भन्ने त छैन । मेसी र बार्सिलोनाबीच जे जस्तो भयो, त्यसैले अधिकांशलाई दुःखी त बनाएको छ । उनले आफ्ना असन्तुष्टि पोख्न क्लबको मञ्च रोजेनन्, बरु गोलडटकमलाई सम्झे । उनले जे जति बोले । त्यो सुखद समाचार हुनुपर्थ्यो, तर यो पटक्कै त्यस्तो रहेन । त्यसमा निराशा पनि झल्कन्थ्यो ।

क्लब अध्यक्ष जाेसेप मारिया बार्टाेमेउ । फाइल तस्बिर : राेयटर्स

त्यसैले मेसी बार्सिलोनामै बस्ने भए पनि खुसीको भावमा देखिएनन् । मेसीले आफ्ना मनका भावना पोख्ने क्रममा इमान्दारिता पनि देखाए । उनले माने, आफू र बार्सिलोनाबीचको सम्बन्धमा सबै ठीक छैन । उनले पूरा घटनाक्रमलाई लिएर माफी पनि मागेका छैनन् । फेरि क्लबको चर्को न चर्को आलोचना पनि गरेनन् । खाली यत्ति भने, अध्यक्ष बार्टोमेउले वास्तै गरेनन् । गत सिजनमा उनले सुरुदेखि क्लब छाड्न सक्छु भनिरहेका थिए, बार्टोमेउले सुन्दै सुनेनन् ।

मेसीको अन्तर्वार्ताबाट प्रस्ट हुन्छ, उनी अदालत पटक्कै जान चाहँदैन थिए । क्लब छाड्दा ७० करोड युरो तिर्नुपर्ने बुँदालाई उनले कानुनी मुद्दा नै बनाउन चाहेनन् । उनी त यसलाई उल्टै रोक्न चाहन्थे । अझै धेरैभन्दा धेरै समर्थक उनकै पक्षमा होलान्, अनि केही संख्यामा मेसीले बार्सिलोना छाडेकै राम्रो भन्ने होलान् । अनि यसक्रममा उनका केही समर्थकले उनको कामको विरोध गरे, उनका विरोधी अहिले उनका समर्थक भएको हुन सक्छ ।

उनका खास समर्थक भने पक्कै दुखित छन् । यी समर्थकलाई चोट पुगेको छ । तिनलाई लागेको हुनुपर्छ, आफ्नो भविष्यलाई निर्णय गर्ने अधिकार मेसीलाई नै हो, अरूलाई होइन । अनि मेसीले अन्त्यमा त्यही काम गरेका छन्, जुन परिस्थितिअनुसार ठीक थियो । मेसीले भने जस्तै होस्, उनको नेतृत्वमा बार्सिलोनाले मैदानमा अझ धेरै जितोस् । युरोपेली च्याम्पियन्स लिगमा मेसीको राम्रो गर्ने इच्छा रहेछ, त्यो पनि पूरा होस् ।

–सिड लो

प्रकाशित : भाद्र २१, २०७७ १०:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?