कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

सेरेना अन्तिम १६ मा

एएफपी

न्युयोर्क — सेरेना विलियम्सले आइतबार यूएस ओपनको अन्तिम १६ को यात्रा तय गरेकी छिन् । यसका लागि उनले अमेरिकी साथी खेलाडी सलोनी स्टेफान्सलाई २–६, ६–२ र ६–२ ले हराइन् ।

सेरेना अन्तिम १६ मा

न्युयोर्कमा तेस्रो वरीयताप्राप्त सेरेनाले पहिलो सेट गुमाएपछि खेलमा उत्कृष्ट पुनरागमन गरिन् । खेलपछि उनले भनिन्, ‘आजको खेलमा गाह्रो भयो, सलोनीविरुद्ध खेल्दा मैले अधिकांश समय बढी मिहिनेत गर्नुपरेको छ ।’

पुरुषतर्फ गत वर्षका उपविजेता रुसी खेलाडी डानिल मेडभेडेभ भने प्रतियोगिताको तेस्रो चरण पुगेका छन् । उनले अमेरिकी खेलाडी जेजे उल्भसलाई ६–३, ६–३ र ६–२ ले हराए ।

प्रकाशित : भाद्र २१, २०७७ ०७:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?