१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

जातीय अन्यायविरुद्ध ओसाकाको आवाज

राेयटर्स

न्युयोर्क — जापानकी नाओमी ओसाकाले यूएस ओपनका क्रममा आफूले जातीय अन्यायविरुद्ध आवाज उठाउन चाहेको बताएकी छन् । त्यसै क्रममा पूर्वविजेताले कोर्टमा प्रवेश गर्ने क्रममा सोमबार ब्रेयोना टेलरको नाम अंकित मास्क लगाएकी थिइन् ।

जातीय अन्यायविरुद्ध ओसाकाको आवाज

अमेरिकामा तीन वर्षको उमेरमा छिरेकी ओसाकासँग फाइनल पुग्ने विश्वाससँगै सात फरक मास्क रहेका छन् र प्रत्येकमा फरक नाम रहेको छ ।

मिसाकी डोइविरुद्ध पहिलो चरणको खेल अगाडि ओसाकाले लगाएको मास्कमा नाम अंकित टेलर अश्वेत महिला हुन् । टेलरको मार्चमा प्रहरीद्वारा उनकै अपार्टमेन्टमा प्रवेश गरेर हत्या भएको थियो । चौथो वरीयताकी ओसाकाले खेलपछि मिडियासामु भनिन्, ‘मेरो उद्देश्य सामाजिक जागरण ल्याउनु मात्र हो ।’

उनले थपिन्, ‘मलाई राम्रोसँग थाहा छ, टेनिसलाई पूरा विश्वमा हेरिन्छ । धेरैलाई ब्रेओना टेलर र उनीमाथि भएको दुःखद घटनाबारे थाहा नहुन सक्छ । सायद केहीले यो नाम सुनेर गुगल गर्नेछन् र धेरैभन्दा धेरैलाई यसबारे थाहा हुनेछ अनि यसै क्रममा धेरैभन्दा धेरै जातीय अन्यायविरुद्धको आन्दोलनमा जोडिने छन् ।’

अमेरिकामा जातीय अन्यायविरुद्ध चलिरहेको आन्दोलनमा टेनिसबाट सबैभन्दा बढी चर्को आवाज उठाउनेमा ओसाका नै अगाडि छन् । पूर्व नम्बर एक खेलाडी ओसाका महिला टेनिसको शीर्ष वरीयतामा पुग्ने पहिलो एसियाली हुन् । उनकी आमा जापानी भने बुबा हाइटीका हुन् । सन् २०१८ मा उनले यूएस ओपन जितेकी थिइन् ।

प्रकाशित : भाद्र १७, २०७७ ०९:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?