कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

जमैका तलावाजको चौथो हार

काठमाडौँ — सन्दीप लामिछाने सम्मिलित जमैका तलावाजले क्यारेबियन प्रिमियर लिगमा मंगलबार राति चौथो हार बेहोरेको छ । ट्रिनबागो नाइट राइडर्सले उसलाई १९ रनले हराएको हो । 

जमैका तलावाजको चौथो हार

जितका लागि १ सय ८५ रन पछ्याइरहेको जमैकाले २० ओभरमा ६ विकेट गुमाएर १ सय ६५ रन मात्र जोड्न सक्यो । एन्ड्रयु रसेलले नटआउट रहेर ५० रन बनाए पनि त्यो जितसम्म पुग्न पर्याप्त रहेन ।

यसअघि पहिले ब्याटिङको निम्तो पाएको ट्रिनबागोले २० ओभरमा ४ विकेट गुमाएर १ सय ८४ रन बनाएको थियो । सन्दीपले त्यसमा ४ ओभरमा २० रन खर्चेर एक विकेट लिए । उनले लेन्डल सिमोन्सको विकेट लिएका हुन् ।

प्रकाशित : भाद्र १७, २०७७ ०६:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?