कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

भर्चुअल तेक्‍वान्दोमा प्रदेश ५ का ३ प्रतिस्पर्धीले जिते पदक

सन्जु पौडेल

तिलोत्तमा — प्रथम काठमाडौं भर्चुअल राष्ट्रिय खुला तेक्‍वान्दो(पुम्से) प्रतियोगिता २०२०मा प्रदेश ५ का तीन खेलाडीले पद जितेका छन् ।

लकडाउनका कारण काठमाडौं जिल्ला तेक्‍वान्दो संघले आयोजना गरेको उक्त भर्चुअल प्रतियोगिताको विभिन्‍न उमेर समूहमा यहाँका खेलाडीले प्रथम र तृतीय स्थान हासिल गरेका हुन् ।

३१–४० उमेर समूहको प्रतिस्पर्धामा बुटवलका सुरज श्रेष्ठले ६ प्रतिस्पर्धीलाई पछि पार्दै स्वर्ण हात पारे । १३ वर्षदेखि तेक्वान्दो खेलिरहेका उनले आफ्नो उमेर समूहमा १० नम्बर पुम्से प्रदर्शन गरी स्वर्ण जित्न सफल भएका हुन् । 'तेक्वान्दो संघको फेसबुक पेजमा प्रतियोगिता आह्वानको सूचना हेरेर भिडियो रेकर्ड गरी पठाएँ,' उनले भने,'१४ गते आएको नतिजामा प्रथम भएँ ।'

बुटवलका विकास उदयले ४१–५० उमेर समूहमा कास्य जिते । प्रतियोगितामा दाङकी सुनिता विष्टले १८–३० उमेर समूहमा कास्य जितिन् ।

भदौ १३ र १४ गते गरी दुई दिनसम्म सञ्चालन भएको उक्त उक्त प्रतियोगितामा १९ टिमका १ सय ७० खेलाडीको सहभागिता थियो । प्रतियोगितामा अशोक खड्का, मीन न्यौपाने, हीराबहादुर थापा, नोर्बु लामा र विक्रम खड्गीले निर्णायकको भूमिका निर्वाह गरेका थिए ।

प्रकाशित : भाद्र १५, २०७७ १५:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?