रोड्रिगो लिड्समा

एएफपी

लिड्स — लिड्स युनाइटेडले स्पेनी फरवार्ड रोड्रिगोलाई दुई करोड ९० लाख युरोमा भ्यालेन्सियाबाट अनुबन्ध गरेको छ । यससँगै उनी लिड्सले अनुबन्ध गरेका सबैभन्दा महँगा खेलाडी भएका छन् ।

रोड्रिगो लिड्समा

मार्सेलो बिएल्साको लिड्स यसै सिजन मात्र १६ वर्षको अन्तरमा इंग्लिस प्रिमियर लिगमा फर्केको हो ।

भ्यालेन्सियाका लागि २९ वर्षीय रोड्रिगोले २ सय २० खेलमा ५९ गोल गरे । लिड्सले पछिल्लोपल्ट सन् २००० मा रियो फर्डिनान्डका लागि एक करोड ८० लाख पाउन्ड तिरेको थियो । सन् २०१०–२०११ मा बोल्टनका लागि प्रिमियर लिग खेलेका रोड्रिगो बेन्फिकाबाट ऋणमा भ्यालेन्सिया आएका थिए ।

प्रकाशित : भाद्र १४, २०७७ ०९:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?