कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

चेन्‍नाईको टोलीका १० सदस्य संक्रमित

एपी

दुबई — इन्डियन प्रिमियर लिग (आईपीएल) खेल्न लागेको चेन्‍नाई सुपर किंग्सका १० सदस्यमा कोभिड १९ (कोरोना) संक्रमण रहेको पाइएको छ । क्रिकइन्फोका अनुसार त्यसमा १ खेलाडीमात्र रहेका छन् । संक्रमणमा टोलीका सपोर्ट स्टाफ सदस्यहरु र नेट बलरहरुको संख्या बढी छ ।

चेन्‍नाईको टोलीका १० सदस्य संक्रमित

अब चेन्‍नाईको प्रशिक्षण दुबईमा सेप्टेम्बर १ मा मात्र सुरु हुनेछ । निर्धारित तालिकाअनुसार चेन्‍नाईको प्रशिक्षण शुक्रबार सुरु हुँदै थियो । भारतमा कोरोनाको महामारी नरोकिएपछि आईपीएललाई दुबईमा खेलाउने निर्णय गरिएको थियो । सेप्टेम्बर १९ देखि सुरु हुने आईपीएलको नयाँ सिजनको खेल तालिका अझै प्रकाशित भएको छैन ।

आईपीएलको नियमअनुसार ज-जसमा कोरोना संक्रमण देखिएको छ उनीहरुले कम्तीमा दुई साता क्वारेन्टाइनमा रहनु पर्नेछ र टिमका अन्य सदस्यसँग जोडिनुअघि थप दुई परीक्षण गर्नु पर्नेछ । यूएईमा भएको परीक्षणपछि चेन्‍नाईको १० सदस्यीय टोलीमा कोरोना संक्रमण देखिएको हो । कोभिड १९ को प्रोटोकलअनुसार यूएईमा तीन पटक परीक्षण अनिवार्य रहेको छ ।

यूएईमा पुगेपछि एयरपोर्टमा पहिलो परीक्षण, त्यसपछि ६ दिने आईसोलेसनको पहिलो, तेस्रो र छैटौं दिन परिक्षण गर्नु पर्ने प्रावधान छ । यी सबै परीक्षण पार गरेपछि मात्र प्रशिक्षण सुरु गर्न पाउँछ । यस नतिजाले आईपीएललाई सचेत गराएको छ । विगतको परम्पराअनुसार गत सिजनको उपविजेता चेन्‍नाईले गत वर्षको विजेता मुम्बई इन्डियन्ससँग पहिलो खेलमा प्रतिस्पर्धा गर्नु पर्ने छ ।

चेन्‍नाईमा ६ दिने कन्डिसनिङ क्याम्पपछि सुपर किंग्सको भारतीय प्रतिनिधि सम्मिलित टोली अगस्ट २१ मा यूएई पुगेको थियो । यो समूहमा कप्तान महेन्द्रसिंह धोनी, सुरेश रैना, अम्बती रायडु, दीपक चहार, पियुष चावलालगायत खेलाडी छन् ।


प्रकाशित : भाद्र १२, २०७७ २०:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?