कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

मेसी रहने भए अध्यक्ष बारटोमेउ पद छाड्न तयार

एजेन्सी

बार्सिलोना — बार्सिलोनाका अध्यक्ष जोसेप मारिया बारटोमेउले लियोनल मेसी क्लबमै रहने भए आफू पद छाड्न पनि तयार भएको बताएका छन् । उनको माग रहेको छ, यसका लागि सबैभन्दा पहिले मेसीले सार्वजनिक रूपमा आफू बार्सिलोनामै रहने बताउनुपर्नेछ ।

मेसी रहने भए अध्यक्ष बारटोमेउ पद छाड्न तयार

अर्जेन्टिनी खेलाडीले तत्काल क्लब छाड्ने बताएपछि बार्सिलोना संकटबाट गुज्रिरहेको छ । युरोपेली च्याम्पियन्स लिगमा खराब प्रदर्शनपछि स्तब्ध मेसी नयाँ प्रशिक्षक रोनाल्ड कोम्यानको व्यवहारबाट पनि खुसी छैनन् ।

क्लबले आफ्ना साथी खेलाडी लुइस स्वारेजलाई गरेको व्यवहारमा पनि उनी दुखित रहेका छन् । स्पेनी मिडियाका अनुसार मेसी बार्सिलोनामै रहने भए अध्यक्ष बारटोमेउ तत्काल पदबाट राजीनामा दिन तयार छन् ।

फाइल फोटो : रोयटर्स

यसअघि बार्सिलोनाका स्पोर्टिङ डाइरेक्टर रमोन प्लेन्सले पनि मेसी क्लबमा रहने हो भने उनलाई केन्द्रमा राखेर टिम निर्माण गर्न आफूहरू तयार भएको बताएका थिए ।

सम्बन्धित समाचार

प्रकाशित : भाद्र १२, २०७७ ०६:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?