कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

जेलबाट छुटे रोनाल्डिन्हो

एजेन्सी

असुनसियन — ब्राजिलका पूर्व फुटबल खेलाडी रोनाल्डिन्हो सोमबार जेलबाट छुटेका छन् । जाली पासपोर्टको आरोपमा उनले पाँच महिला जेलमा बिताए । पाराग्वेली न्यायाधीशले उनलाई जेलमु्क्त गर्ने फैसला सुनाएका हुन् ।

जेलबाट छुटे रोनाल्डिन्हो

न्यायाधीश गुस्टाभो आमरिलाले रोनाल्डिन्होसँगै उनको दाजु रोबर्टो डे एसिस मोरेरालाई पनि जेलमुक्त गर्ने फैसला गरेका हुन् । दुवै दाजुभाइ एक महिना जेलमै बसेयता होटलमा प्रहरी नियन्त्रणमा बसिरहेका थिए ।

अब ब्राजिलका लागि विश्वकप विजेता ४० वर्षीय रोनाल्डिन्हो आफ्नो घर फर्कन अथवा कुनै अर्को देश जान स्वतन्त्र हुनेछन् । एक वर्षका लागि उनले आफ्नो स्थायी ठेगाना परिवर्तन गर्ने हो भने पाराग्वेली प्रहरीलाई खबर भने गर्नु पर्नेछ ।

प्रकाशित : भाद्र ९, २०७७ ०७:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?