२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

बायर्नले जित्यो छैटौं पल्ट च्याम्पियन्स लिग

पहिलो पटक फाइनल पुगेको पीएसजी १-० ले पराजित
एजेन्सी

लिस्बन — जर्मन च्याम्पियन बायर्न म्युनिकले आइतबार छैटौंपल्ट युरोपेली च्याम्पियन्स लिग जितेको छ । फाइनलमा उसले फ्रान्सको पेरिस सेन्ट जर्मेन (पीएसजी) लाई १–० ले पराजित गर्‍यो । खेलको निर्णायक गोल किंग्सली कोमनले ५९ औं मिनेटमा गरे ।

बायर्नले जित्यो छैटौं पल्ट च्याम्पियन्स लिग

जोसुआ किमिचको पासलाई हेड गर्दै उनले खेलको एक मात्र निर्णायक गोल गरेका हुन् । बायर्नले युरोपेली क्लब फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता जितेको यो छैटौं पल्ट हो ।

पीएसजीले भने पहिलो पल्ट पहिलोपल्ट च्याम्पियन्स लिगको फाइनल खेलेको थियो । बायर्नले यससँगै यो सिजन तेस्रो उपाधि जितेर ‘ट्रेबल’ को दुलर्भ उपलब्धि पनि हात पारेको छ ।

बायर्नले यसअघि घरेलु बुन्डेसलिगा र जर्मनकप पनि जितेको थियो । खेलको ‘म्यान अफ द म्याच’ बायर्न गोलरक्षक म्यानुएल नोया रहे । उनले उत्कृष्ट प्रदर्शन गरे । त्यस अगाडि पीएसजीका नेयमार र केयलिन एमबापेको प्रदर्शन फिक्का परेको थियो ।

तस्बिरहरु : रोयटर्स

प्रकाशित : भाद्र ८, २०७७ ०५:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?