कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

युरोपा लिग फाइनल शुक्रबार : इन्टरविरुद्ध सेभिया

हिमेश

काठमाडौँ — कोरोना भाइरस संक्रमणको कारण बिथोलिने सम्भावनाबाट गुज्रेको थियो, युरोपा लिग पनि । तर धन्न, यस्तो भएन । शुक्रबार राति यसको फाइनल हुँदैछ ।  नेपाली समय अनुसार राति पौने एक बजे खेल हुनेछ, जर्मन सहर कोलोनमा ।

युरोपा लिग फाइनल शुक्रबार : इन्टरविरुद्ध सेभिया

प्रतियोगिताले नकआउट ‘मिनी टुर्नामेन्ट’ को रूप लिएयता अब दुई टिमको मात्र चुनौती बाँकी रहेको छ ।

एकातर्फ सिरी ‘ए’ मा लामो र समृद्ध इतिहास बोकेको इन्टर मिलान छ भने अर्कोतर्फ युरोपा लिग विशेषज्ञ मानिएको स्पेनी ला लिगाको सेभिया छ । युरोपा लिग युरोपको दोस्रो ठूलो क्लब प्रतियोगिता हो र यसमा सेभियालाई महारथ प्राप्त छ । यो प्रतियोगिताको सबैभन्दा सफल हो, सेभिया, उसले यो उपाधि पाँच पल्ट जितिसकेको छ ।

अब पालो छैटौं अवसरको हो । प्रश्न यहाँनिर नै हो, के सेभियाको यात्रालाई इन्टरले रोक्न सक्छ त ? कम्तीमा कागजमा इन्टर नै बलियो छ । सेमिफाइनलमा इन्टरले साख्तरलाई एकपक्षीय रूपमा ५–० ले हराएको थियो । खासमा इन्टर च्याम्पियन्स लिगमा खेल्नु पर्ने टिम हो, तर अहिले युरोपा लिगमा छ । तर पनि उसले यो प्रतियोगितालाई ठूलो महत्त्व दिइरहेको छ ।

एन्टोनियो कोन्टेले भनिसकेका छन्, ‘हामी यो उपाधि जसरी पनि जित्न चाहन्छौं ।’ इटालीको सिरी ‘ए’ मा यसपल्ट विजेता युभेन्ट्सपछि इन्टर दोस्रो स्थानमा रहेको थियो, त्यो पनि खालि एक अंकको दूरीले । इन्टर अर्को सिजन लिग उपाधिका लागि युभेन्ट्सलाई कडा चुनौती दिने पक्षमा छ र यसका लागि पहिलो खुडकिलो रहेको छ, यही युरोपा कप ।

कोन्टेले इंग्लिस प्रिमियर लिगमा खेलेको केही खेलाडीलाई बटुलेर बलियो टिम बनाएको छ र यसमा सबैभन्दा मुख्य खेलाडी रहेका छन्, रोमेलु लुकाकु । उनी म्यानचेस्टर युनाइटेडमा उति साह्रो जम्न सकेनन, तर इन्टरका लागि यी फरवार्ड खुबै लयमा छन् । इन्टरको प्रदर्शन धेरै हदसम्म यही खेलाडीमा भर पर्नेछ ।

स्पेनी ला लिगामा चौथो स्थानमा रहेको सेभियाले पनि फाइलनसम्मको यात्रामा बलिया बलिया टिम म्यानचेस्टर युनाइटेड र रोमा जस्ता टिमलाई हराएको थियो । प्रशिक्षक लुलियन लोपेटेगुइको नेतृत्वमा सेभिया टिम एक प्रकारले पुनर्निर्माणको क्रममा छ । निश्चित छ, युरोपेली क्लब फुटबलको प्रशंसक हो भने यो हेर्न छुटाउन हुने खेल होइन ।

प्रकाशित : भाद्र ५, २०७७ १०:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?