दोस्रो दिन पनि वर्षाले खेल प्रभावित

एजेन्सी

साउथह्याम्पटन — इंग्ल्यान्ड र पाकिस्तानबीचको दोस्रो टेस्टको दोस्रो दिन शुक्रबार पनि वर्षाले प्रभावित रह्यो । खराब मौसमका कारण पूरा दिन ४०.२ ओभरको खेल मात्र सम्भव भएको थियो ।

दोस्रो दिन पनि वर्षाले खेल प्रभावित

त्यसमा पाकिस्तानले नौ विकेट गुमाएर २ सय २३ रन बनाएको छ । मोहम्मद रिजान ६० रन बनाएर खेलिरहेका छन् र उनले अन्तिम विकेटका लागि मोहम्मद अब्बाससँग ३९ रनको साझेदारी गरिसकेका छन् ।

उनले १४ रनको स्थितिमा जीवनदान पाएका थिए । दुई दिनको खेलमा एक इनिङ्स पनि नसकिएको स्थितिमा टेस्टको स्पष्ट नतिजा आउने सम्भावना कमजोर बनेको छ ।

प्रकाशित : श्रावण ३१, २०७७ ०६:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?