कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

लाइपजिग पहिलोपल्ट च्याम्पियन्स लिगको सेमिफाइनलमा

एजेन्सी

लिस्बन — आरबी लाइपजिग बिहीबार आफ्नो क्लब इतिहासमा पहिलोपल्ट युरोपेली च्याम्पियन्स लिगको सेमिफाइनल पुगेको छ । उसले यसका लागि अनुभवी एटलेटिको म्याड्रिडलाई २–१ ले स्तब्ध पार्‍यो ।

लाइपजिग पहिलोपल्ट च्याम्पियन्स लिगको सेमिफाइनलमा

अमेरिकी मिडफिल्डर टेलर एड्म्सले ८८औं मिनेटमा निर्णायक गोल गरे । उनको प्रहार एटलेटिको डिफेन्डर स्टेफान साभिचबाट ‘डिफ्लेक्ट’ भएको थियो । जर्मन टिमले स्पेनी फरवार्ड डानी ओल्मोको गोलले अग्रता लिएको थियो ।

त्यसपछि जाओ फेलिक्सले पेनाल्टीबाट बराबरी गोल फर्काए । सन् २०१४ र २०१६ को उपविजेता एटलेटिकोले खेलको अन्त्यतिर रक्षात्मक भएर खेलेको थियो र यो महँगो सावित भयो ।

प्रकाशित : श्रावण ३०, २०७७ ०६:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?