३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

पीएसजी २५ वर्षपछि च्याम्पियन्स लिगको सेमिफाइनलमा

एजेन्सी

लिस्बन — पेरिस सेन्ट जर्मेन (पीएसजी) ले नाटकीय पुनरागमनपछि बुधबार एटलान्टामाथि  २–१ जित रच्दै युरोपेली च्याम्पियन्स लिगको सेमिफाइनल यात्रा तय गरेको छ । हारको निश्चित संघारमा रहेर पीएसजी जित निकाल्न सफल रहेको हो ।

पीएसजी २५ वर्षपछि च्याम्पियन्स लिगको सेमिफाइनलमा

इटालीको एटलान्टाले २७ औं मिनेटमा मारियो पासालिचको गोलले अग्रता लिएको थियो । दर्शनविहीन स्टोडियो डा लुजमा मारक्विन्होसले ९० औं मिनेटमा बराबरी गोल फर्काए । इन्ज्युरी समयको तेस्रो मिनेटमा सब्टिच्युट चोउपो मोटिङ गोल गरे ।

यससँगै प्रतियोगितामा एटलान्टाको प्रभावशाली यात्रामा पनि पूर्णविराम लागेको छ भने पीएसजी २५ वर्षयता पहिलोपल्ट च्याम्पियन्स लिगको सेमिफाइनल पुगेको छ । फ्रान्सेली च्याम्पियन पीएसजी युरोपेली क्लब फुटबलको सर्वोच्च प्रतियोगितामा सेमिफाइनल पुगेको यो सन् १९९५ यता पहिलो पल्ट हो । अब फाइनल प्रवेशका लागि उसले आरबी लाइपजिग र एटलेटिको म्याड्रिडबीच हुने खेलको विजेतासँग खेल्नेछ ।

कतारले एक दशक अगाडि पीएसजीमा स्वामित्व लिएयता क्लब क्वाटरफाइनल चरण भन्दा माथि पुगेको पनि यो पहिलो पल्ट हो ।

प्रकाशित : श्रावण २९, २०७७ ०७:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?