कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

विश्वकप छनोटका खेल स्थगित

कान्तिपुर संवाददाता

काठमाडौं — कोरोना संक्रमणको कारण देखाउँदै  विश्वकप छनोट २०२२ अन्तर्गत नेपालका बाँकी तीन खेल बुधबार स्थगित गरिएका छन् । एसियाली फुटबल महासंघ (एएफसी) ले महामारीका कारण धेरै देशले छनोट खेल गर्न नसक्ने भएको जनाउँदै स्थगित गरेको हो ।  यो एसियाकप छनोटको खेल पनि हो ।

विश्वकप छनोटका खेल स्थगित

नेपालले दशरथ रंगशालामा चिनियाँ ताइपेयी, अस्ट्रेलिया र जोर्डनविरुद्ध खेल्ने कार्यक्रम थियो । यसका लागि एएफसीले मितिसमेत तय गरिसकेको थियो । अखिल नेपाल फुटबल संघ (एन्फा) ले यसकै लागि भनेर राष्ट्रिय टिमको तयारीसमेत सुरु गरिसकेको थियो । यसै साता मात्र एन्फाले खेलाडीलाई बोलाएर कोरोना परीक्षण गरेको थियो

विश्वकप छनोटका खेल स्थगित भएको यो दोस्रो पल्ट हो । यससँगै अब छनोट कहिले हुने हो, त्यसबारे पनि अन्योल छाएको छ । छनोटका खेल सन् २०२० सम्मका लागि स्थगित गरिएको छ । एएफसीले आफ्नो वेबसाइटमा जनाएअनुसार अब बाँकी खेल सन् २०२१ मा फेरि नयाँ मिति तय गरिनेछ ।

प्रकाशित : श्रावण २८, २०७७ १३:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?