३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

उल्भ्सलाई पन्छाएर सेभिया सेमिफाइनलमा

एजेन्सी

डुसबर्ग — मध्यपंक्तिका खेलाडी लुकास ओकम्पोसले हेडबाट खेलको अन्त्यतिर गोल गरेपछि सेभियाले मंगलबार उल्भ्सलाई १–० ले हराएर युरोपा कपको सेमिफाइनल यात्रा तय गरेको छ । उल्भ्सले सुरुमै पेनाल्टीबाट गोल गर्न नसकेपछि त्यसको मूल्य चुकाएको हो ।

उल्भ्सलाई पन्छाएर सेभिया सेमिफाइनलमा

अर्जेन्टिनी खेलाडी इभर बेनेगाको क्रसमा ओकम्पोसले ८८ औं मिनेटमा निर्णायक गोल गरे । अब पाँच पल्टको युरोपा कप च्याम्पियनले सेमिफाइनलमा म्यानचेस्टर युनाइटेडको सामना गर्नेछ ।

उल्भ्सका लागि राउल जिमिनेजले १३ औं मिनेटमा प्राप्त पेनाल्टीलाई गोलमा परिणत गर्न सकेन् । सेभियाका गोलरक्षक बोनोले उनको प्रहार रोकेका थिए । खेल सेभियाको नियन्त्रणमा रहे पनि निर्णायक गोलका लागि अन्त्यसम्म कुर्नुपरेको थियो ।

प्रकाशित : श्रावण २८, २०७७ ०७:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?