२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

कराते प्रशिक्षण स्थगित

कान्तिपुर संवाददाता

काठमाडौँ — सरकारले खेलकुद प्रशिक्षण सुरु नगर्ने निर्णय गरेपछि टोकियो ओलम्पिकको तयारीमा रहेका कराते खेलाडीको प्रशिक्षण स्थगित गरिएको छ ।

कराते प्रशिक्षण स्थगित

सरकारले भदौ १ गतेदेखि खुला गर्ने तयारी गरेको क्षेत्रहरू राजधानी उपत्यकामा बढिरहेको कोरोना संक्रमित दरलाई मध्यनजर गरी सोमबार मन्त्रिपरिषद् बैठकले थप १५ दिन यथावत् राख्ने निर्णय गरेको थियो ।

कोरोनाको महामारीकै कारण १ वर्ष सारिएको ग्रीष्मकालीन ओलम्पिक अर्को वर्ष जापानमा हुँदै छ । त्यसका लागि करातेबाट छनोट प्रतियोगिताका लागि छानिएका दुई खेलाडीलाई राखेपको मौखिक स्वीकृतिमा सरकारको स्वास्थ्य सुरक्षा मापदण्ड पूरा गरी गत असार ७ देखि सातदोबाटोस्थित कराते एकेडेमीमा प्रशिक्षणमा राखिएको थियो । प्रशिक्षक दीपक श्रेष्ठले काठमाडौं उपत्यकामा कोरोना संक्रमित बढिरहेको र सरकारको निर्देशनअनुसार मंगलबारदेखि स्थगित गरिएको जानकारी दिएका छन् ।

कोरोना महामारी र सरकारले लागू गरेको लकडाउनपछि घरेलु खेलकुद गतिविधि ५ महिनादेखि ठप्पप्रायः छ । सरकारले भदौ १ देखि प्रशिक्षण सुरु गर्न सकिने निर्णय साउन ५ गते गरेको थियो । त्यहीअनुसार ओलम्पिक तयारीमा रहेका खेलका खेलाडीसहित फुटबल र क्रिकेट खेलको प्रशिक्षण सुरु गर्न सम्बन्धित संघले तयारी थालेका थिए ।

प्रकाशित : श्रावण २८, २०७७ ०७:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?