१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६०७

पिर्लो युभेन्ट्सका नयाँ प्रशिक्षक

एजेन्सी

टुरिन — सिरी ए च्याम्पियन्स युभेन्ट्सले शनिबार आफ्ना पूर्व स्टार खेलाडी आन्द्रे पिर्लोलाई प्रशिक्षक नियुक्त गरेको छ । मउरिजो सारीलाई वर्खास्त गरेयता युभेन्ट्सले पिर्लोलाई चयन गरेको हो ।

पिर्लो युभेन्ट्सका नयाँ प्रशिक्षक

युरोपेली च्याम्पिन्स लिगबाट बाहिरिएयता सारी वर्खास्त परेका थिए । उनको वर्खास्ती घोषणा गरेको केही घण्टामै युभेन्ट्सले पिर्लोलाई प्रशिक्षकमा नियुक्त गरेको हो ।

यसको नौ दिन अगाडि मात्र युभेन्ट्सले पिर्लोलाई आफ्नो यू २३ टिमको प्रशिक्षक नियुक्त गरेको थियो । सारीको वर्खास्तीपछि युभेन्ट्सले प्रशिक्षकमा जिनेदिन जिदान अथवा पउरिसो पोचेटिनोका लागि प्रयास गर्ने अनुमान गरिएको थियो ।

प्रकाशित : श्रावण २५, २०७७ ११:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?