कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

च्याम्पिन्स लिग अब ‘मिनी टुर्नामेन्ट’

एजेन्सी

पेरिस — अन्तिम १६ का सबै खेलको समाप्तीमा यो सिजनको युरोपेली च्याम्पियन्स लिगले अब ‘मिनी टुर्नामेन्ट’ को स्वरूप लिनेछ । नकआउटका रूपमा अगाडि बढ्ने प्रतियोगिता अब पोर्चुगलको लिस्वनमा हुनेछ ।

च्याम्पिन्स लिग अब ‘मिनी टुर्नामेन्ट’

अन्तिम आठका खेल अब बुधबारदेखि सुरु हुनेछ र फाइनल अगस्ट २३ मा रहेको छ । प्रतियोगिताको अन्तिम आठ पुगेका टिममा युरोपका प्रमुख पाँच लिगकै रहेका छन् ।

क्वाटरफाइनल पुग्ने टिममा स्पेनी ला लिगा, जर्मन बुंडेसलिगा र फ्रान्सेली लिग वानका दुई दुई टिम छन् । यस्तै इंग्लिस प्रिमियर लिग र इटालीको सिरी ए को एक एक टिमको प्रतिनिधित्व रहेको छ ।

यस्तो छ क्वाटरफाइनल खेल तालिका :

मिति : टिम

अगस्ट १२ : एटलान्टाविरुद्ध पेरिस सेन्ट जर्मेन (पीएसजी)

अगस्ट १३ : लाइपजिगविरुद्ध एटलेटिको म्याड्रिड

अगस्ट १४ : बार्सिलोनाविरुद्ध बायर्न म्युनिक

अगस्ट १५ : म्यानचेस्टर सिटीविरुद्ध लियोन

प्रकाशित : श्रावण २५, २०७७ ०८:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?