कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

चेल्सीमाथि बायर्नको एकपक्षीय जित

रोयटर्स

म्युनिक — रोवर्टो लेवनडोस्कीले दुई गोल गर्दै अर्को दुईमा अवसर सिर्जना गरेपछि बायर्न म्युनिकले शनिबार युरोपेली च्याम्पियन्स लिग अन्तिम १६ को दोस्रो लेगमा चेल्सीलाई ४–१ ले हरायो र क्वाटरफाइनल प्रवेश गर्न सफल रह्यो ।

चेल्सीमाथि बायर्नको एकपक्षीय जित

यो सिजन तीन उपाधिको अभियानमा रहेको बायर्नले चेल्सीमाथि समग्रमा ७–१ को एकपक्षीय जित निकाल्न पनि सफल रह्यो । बायर्नले यसअघि जर्मनमा लिग र कप दुवै जितेको थियो ।

अब अन्तिम आठमा उसको सामना बार्सिलोनासँग रहेको छ । उत्कृष्ट लयमा रहेको बायर्नका लागि सबै प्रतियोगिता गरेर यो लगातार १८ औं जित पनि रह्यो ।

स्टायनफोर्ड ब्रिजमा भएको पहिलो लेगको खेलमा बायर्न ३–० ले विजयी रहेको थियो । बायर्नका लागि इभान पेरिसिच र कोरेनटिन टोलिसोले पनि गोल गरे । चेल्सीले गरेको सान्त्वना गोल टोमी अब्राहमको नाममा रह्यो ।

प्रकाशित : श्रावण २५, २०७७ ०८:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?