पाकिस्तानमाथि इंग्ल्यान्डको रोमाञ्चक जित
म्यानचेस्टर — इंग्ल्यान्डले शनिबार पाकिस्तानमाथि पहिलो टेस्टको चौथो दिन तीन विकेटको रोमाञ्चक जित निकालेको छ । ओल्ड ट्रायफोर्डमा भएको खेलमा इंग्ल्यान्डका लागि क्रिस वक्स र जस बटलरले बहादुरीपूर्ण साझेदारी गरे ।
जितका लागि २ सय ७७ रनको लक्ष्य पाइरहेको इंग्ल्यान्डले एक समय १ सय १७ रन बनाउँदासम्म ५ विकेट गुमाइसकेको थियो र हार निश्चित देखिएको थियो ।
तर यही स्थितिबाट वक्स र बटलरले १ सय ३९ रनको निर्णायक साबितत साझेदारी गरे । बलटर ७५ रन बनाएर यासिर शाहको बलमा आउट भए र इंग्ल्यान्डलाई अझै २१ रनको आवश्यकता थियो ।
त्यसपछि क्रिजमा आएरका स्टुवार्ट ब्रोडले थप क्षति हुन दिएनन् । वक्स ८४ रन बनाएर नटआउट रहे । यससँगै इंग्ल्यान्डले ३ टेस्टको सिरिजमा १–० को अग्रता लिएको छ ।
प्रकाशित : श्रावण २५, २०७७ ०८:१५प्रतिक्रिया