पाकिस्तान २ सय ४४ रनले अगाडि
म्यानचेस्टर — पाकिस्तानले शुक्रबार इंग्ल्यान्डविरुद्धको पहिलो टेस्टको तेस्रो दिनको समाप्तिमा आफ्नो दोस्रो इनिङ्स सुरु गर्दै आठ विकेट गुमाएर १ सय ३७ रन बनाएको छ । इंग्लिस बलरले धारिलो बलिङ गरेपछि इंल्यान्ड खेलमा फर्कन सफल रहेको हो ।
पाहुना टिम समग्रमा २ सय ४४ रनले अगाडि छ र उसका दुई विकेट बाँकी छन् । यासिर अली १२ र मोहम्मद अब्बास शून्यमा नटआउट रहेका छन् ।
इंग्ल्यान्डले २७ रनमा चार विकेट लिएपछि टेस्टमा आफ्नो पकड लिन सुरु गरेको हो । त्यसमा बेन स्टोक्स, क्रिस वक्स र स्टुवार्ट ब्रोडले दुई-दुई विकेट लिए । यसअघि इंग्ल्यान्ड आफ्नो पहिलो इनिङ्समा २ सय १९ रन बनाएर अलआउट भएको थियो ।
प्रकाशित : श्रावण २४, २०७७ ०७:०९