१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

पाकिस्तान २ सय ४४ रनले अगाडि

एजेन्सी

म्यानचेस्टर — पाकिस्तानले शुक्रबार इंग्ल्यान्डविरुद्धको पहिलो टेस्टको तेस्रो दिनको समाप्तिमा आफ्नो दोस्रो इनिङ्स सुरु गर्दै आठ विकेट गुमाएर १ सय ३७ रन बनाएको छ । इंग्लिस बलरले धारिलो बलिङ गरेपछि इंल्यान्ड खेलमा फर्कन सफल रहेको हो ।

पाकिस्तान २ सय ४४ रनले अगाडि

पाहुना टिम समग्रमा २ सय ४४ रनले अगाडि छ र उसका दुई विकेट बाँकी छन् । यासिर अली १२ र मोहम्मद अब्बास शून्यमा नटआउट रहेका छन् ।

इंग्ल्यान्डले २७ रनमा चार विकेट लिएपछि टेस्टमा आफ्नो पकड लिन सुरु गरेको हो । त्यसमा बेन स्टोक्स, क्रिस वक्स र स्टुवार्ट ब्रोडले दुई-दुई विकेट लिए । यसअघि इंग्ल्यान्ड आफ्नो पहिलो इनिङ्समा २ सय १९ रन बनाएर अलआउट भएको थियो ।

प्रकाशित : श्रावण २४, २०७७ ०७:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?