२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

रियल म्याड्रिडलाई हराउँदै म्यानचेस्टर सिटी च्याम्पियन्स लिग क्वाटरफाइनलमा

एएफपी

म्यानचेस्टर — म्यानचेस्टर सिटीले विपक्षी डिफेन्डर राफेल भरानको दुई भुलको फाइदा उठाउँदै शुक्रबार रियल म्याड्रिडलाई २–१ ले हराएर युरोपेली च्याम्पियन्स लिगको क्वाटरफाइनल प्रवेश गरेको छ ।

रियल म्याड्रिडलाई हराउँदै म्यानचेस्टर सिटी च्याम्पियन्स लिग क्वाटरफाइनलमा

पेप ग्वार्डिओला र जिनेदिन जिदानबीचको प्रतिष्ठाको लडाइँ मानिएको अन्तिम १६ को दोस्रो लेग पनि जितेर सिटी व्यवस्थापक अब्बल साबित भए । फ्रान्सेली जिदान च्याम्पियन्स लिगको नकआउट चरणबाट प्रशिक्षकका रूपमा बाहिरिएको यो पहिलो पल्ट हो ।

यसअघि उनले सन् २०१६ देखि २०१८ बीच रियललाई लगातार तीन वर्ष च्याम्पियन्स लिगको उपाधि दिलाएका थिए । बर्नाबाउमा भएको पहिलो लेग पनि २–१ ले गुमाएको रियल यसपल्ट भने कमजोर साबित भयो ।

दर्शकविहीन इतिहादमा प्राप्त यो जितपछि सिटीले समग्रमा ४–२ को अग्रता लिन सफल रह्यो । दोस्रो लेगमा भरानको भुलमा रहिम स्टर्लिङ र ग्याब्रिएल जिससले गोल गरे । त्यसबीच करिम बेन्जेमाले रियलका लागि एक गोल फर्काए ।

प्रकाशित : श्रावण २४, २०७७ ०६:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?