कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

इंग्ल्यान्ड २ सय १९ रनमा समेटियो*

एजेन्सी

म्यानचेस्टर — पाकिस्तानविरुद्धको पहिलो टेस्टको तेस्रो दिन शुक्रबार इंग्ल्यान्ड आफ्नो पहिलो इनिङ्समा २ सय १९ रन बनाएर अलआउट भएको छ । सुरुवाती दुई इनिङ्सका समाप्तीमा पाकिस्तान १ सय ७ रनले अगाडि छ । 

इंग्ल्यान्ड २ सय १९ रनमा समेटियो*

इंग्ल्यान्डका लागि ओली पोपले सर्वाधिक ६२ रन बनाए । यस्तै जस बटलरले ३२ रनको योगदान दिए । पाकिस्तानी बलरमध्ये यासिर शाह सर्वाधिक सफल बलर रहे र उनले ६६ रन दिएर चार विकेट लिए ।

इंग्ल्यान्डले तेस्रो दिनको खेल चार विकेट गुमाएर ९२ रनबाट अगाडि खेल्न सुरु गरेको थियो । यसअघि पाकिस्तानले आफ्नो पहिलो इनिङ्समा ३ सय २६ रन बनाएको थियो ।

*यसअघि यो समाचारको शीर्षकमा असावधानीका कारण 'पाकिस्तान २ सय १९ रनमा समेटियो' हुन गएकोमा सच्च्याइएको छ ।


प्रकाशित : श्रावण २३, २०७७ २०:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?