कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७९

युभेन्टसले लियोनको सामना गर्दा सारी समस्यामा

एजेन्सी

टुरिन — युरोपेली च्याम्पियन्स लिगको अन्तिम १६ को दोस्रो लेगको खेलमा युभेन्टसले शुक्रबार लियोनलाई आफ्नो घरमा आतिथ्य गर्दैछ ।  पहिलो लेगमा युभेन्टस १–० ले पछाडि छ ।

युभेन्टसले लियोनको सामना गर्दा सारी समस्यामा

त्यसमाथि युभेन्टस क्वाटरफाइनलमा पुग्न असफल रहेमा प्रशिक्षक मउरिजो सारी बर्खास्तीमा पर्ने अपुष्ट समाचार पनि आइरहेको छ । तर स्वंय सारीले आफू त्यस विषयमा धेरै टाउको दुखाइनरहेको दाबी गरेका छन् ।

उनले भनेका छन्, ‘भविष्यमा के हुन्छ भनेर म धेरै चिन्ता लिइरहन्नँ ।’ लियोनले पहिलो लेगमा युभेन्टसलाई स्वागत गर्दा उत्तरी इटालीमा कोरोना भाइरस संक्रमणले महामारीको रूप लिन थालिसकेको थियो ।

लियोन चाहन्थ्यो, आफ्नो घरमै खेल नहोस । तर खेल भयो नै, जसलाई ६० हजार दर्शकले हेरे, जसमध्ये तीन हजार त युभेन्ट्सका समर्थक थिए । त्यो रात लुकास टोउसार्टको गोलले लियोन १–० को अग्रता लिन सफल रह्यो ।

त्यसयता धेरै परिवर्तन भइसक्यो, त्यो गोल गर्ने खेलाडी स्वंय लियोन छाडेर हर्था बर्लिन गइसकेका छन् । लियोन फ्रान्सेली घरेलु लिगको सातौं स्थानमा रह्यो ।

अझ भर्खरै लिगकप फाइनलमा लियोन पेरिस सेन्ट जर्मेन (पीएसजी) को हातबाट पराजित भइसकेको छ । मार्चयता लियोनको यो पहिलो खेल थियो । त्यसको अर्थ लियोनले अब अर्को सिजन पनि च्याम्पियन्स लिग खेल्नु छ भने उपाधि नै जित्न पर्नेछ ।

सम्भवत: यस्तो हुन गाह्रो छ, किनभने युभेन्टसले तेर्साउने चुनौती कम्तीको हुने छैन्, जसले भर्खरै मात्र लगातार नवौं पल्ट सिरी ए उपाधि जितेको छ ।

प्रकाशित : श्रावण २३, २०७७ १०:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?