१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

सिटीविरुद्ध बेल खेल्न नचाहेको रियलको स्वीकारोक्ति

एजेन्सी

म्यानचेस्टर — यो खेललाई धेरैले पेप ग्वार्डिओलाविरुद्ध जिनेदिन जिदानको भिडन्तका रूपमा व्याख्या गरिरहेका छन् । युरोपेली च्याम्पियन्स लिग अन्तिम १६ को दोस्रो लेगको खेलका लागि रियल म्याड्रिड शुक्रबार म्यानचेस्टर सिटीको भ्रमणमा हुनेछ ।

सिटीविरुद्ध बेल खेल्न नचाहेको रियलको स्वीकारोक्ति

पहिलो लेगमा सिटीले रियलविरुद्ध २–१ को अग्रता लिएको थियो । दोस्रो लेगमा सिटीलाई त्यो स्कोरलाई रक्षा गरे पुग्छ । तर खेल अगाडि भने सबैको नजर ग्यारेथथ बेललाई लिएर चलिरहेको हल्लामा टिकेको छ ।

जिदानले उनलाई टिममा राखेका छैनन् । जिदान र बेलबीच पछिल्लो समय राम्रो सम्बन्ध छैन । यसबारे धेरै चर्चा भएपछि जिदान स्वय‌ंले मिडियालाई भनेका छन्, बेल सिटीविरुद्ध खेल्न चाहँदैनन् ।

अर्कोतर्फ ग्वार्डिओलाको सिटीले यसपल्ट फरक युरोपेली सफलता चाखिसकेको छ भन्दा हुन्छ र त्यो हो, युरोपेली फुटबल महास‌ंघ (यूईएफ) ले लगाएको दुई वर्षको प्रतिबन्धबाट मुक्ति पाउनु ।

कोर्ट अफ आर्बिटेसन फर स्पोर्ट्स (कास)ले आफू अनुकुल निर्णय सुनाएपछि सिटी अझ बढी उत्साहित र अभिप्रेरित भएको हुनु पर्छ ।

यही कारणले हुन सक्छ, सिटीले आफ्नो क्लब इतिहासमै पहिलो पल्ट युरोपेली च्याम्पियन्स लिग पनि जित्न सक्छ, भलै सिटी व्यवस्थापक ग्वार्डिओला मान्छन्, कानुनी प्रक्रियाका कुरा अब पुराना भए ।

बर्नाबाउमा भएको पहिलो लेगको खेलमा केभिन डे ब्रुनले पेनाल्टीबाट निर्णायक गोल गरेका थिए । तर सिटीमा चोटग्रस्ट सर्जियो एगुरो हुने छैन् र यो दबाबको विषय हुन सक्छ ।

सन् २०१६ को सेमिफाइनलमा सिटी रियलकै हातबाट पराजित भएको थियो । फेरि रियल च्याम्पियन्स लिगको राजा क्लब हो, यसले यस्तो पछाडि रहेको स्थिति धेरै पल्ट उल्टाइसकेको छ ।

प्रकाशित : श्रावण २३, २०७७ ०९:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?