डिबालामाथि बढेको आशा

एजेन्सी

मिलान — गत सिजनमा पाउलो डिबालालाई म्यानचेस्टर युनाइटेडमा बेचिने जस्तै तय भइसकेको थियो । युभेन्ट्सले भर्खरै इटालियन च्याम्पियन बन्दा प्रमुख खेलाडी बनेका उनै डिबाला अहिले लियोनसँग च्याम्पियन्स लिगका लागि फिट हुने प्रयास गरिरहेका छन् ।

डिबालामाथि बढेको आशा

गत सिजनमा यो समयमा रोमेलु लुकाकु टुरिन आउने स्थिति बनिरहेको समयमा २६ वर्षे डिबालाले युभेन्ट्स छाड्नुपर्ने माहोल बनिरहेको थियो । क्रिस्टियानो रोनाल्डोसँगै अग्रपंक्तिमा आफूलाई पुनः स्थापित गर्दा डिबालाले हालसम्म जारी रहेको यस सिजनमा सबै प्रतियोगितामा गरी १६ गोल गरे भने १४ गोललाई पास उपलब्ध गराएका थिए । सिजनको सुरुआतमा उनको फर्म सुस्त थियो ।

सोही कारण रोनाल्डो र युरोपियन गोल्डेन बुट विजेता सिरो इमोबिललाई उछिन्दै मंगलबार डिबालालाई इटालियन सिरी ‘ए’ को वर्षका उत्कृष्ट खेलाडीको पुरस्कार दिइएको थियो । अहिले युभेन्ट्ससँगको सम्झौतामा पाँच वर्ष नवीकरण गर्ने अन्तिम स्थितिमा रहेका उनको इंग्ल्यान्ड जाने चर्चा चलेयता प्रदर्शनमा त्यसयता ठूलो परिवर्तन आएको छ ।

युभेन्ट्स नवौं पटक इटालिनन च्याम्पियन भएको दिन नै डिबालालाई तिघ्रामा चोट लागेको थियो । अहिले लियोनविरुद्ध शुक्रबार राति हुने च्याम्पियन्स लिग नकआउट चरणको दोस्रो लेगमा उनी फिट होऊन् भन्ने कामना टुरिन टोलीले गरिरहेको छ । गत साता युभेन्ट्सका प्रशिक्षक माउरिजियो सारीले डिबालाको चोटमा सुधार भइरहे पनि उनी कहिले खेलमा फर्किन्छन् भन्ने निश्चित नरहेको जनाएका थिए । इटालियन सञ्चारमाध्यमका अनुसार शुक्रबार लियोनसँगको एलियान्ज रंगशालामा हुने खेलका लागि उनी तयार भइसक्नेछन् ।

प्रकाशित : श्रावण २३, २०७७ ०७:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?