२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३११

युरोपा लिगमा क्वार्टरफाइनल समीकरण पूरा

एजेन्सी

पेरिस — पाँचपल्टको विजेता सेभियाले एएस रोमालाई बिहीबार २–० ले हराएर युरोपा लिगको क्वार्टरफाइनल यात्रा तय गरेको छ । टोलीका लागि सर्जियो रेगुलियन र युसेफ एन नेसरीले गोल गरे । अन्तिम आठमा अब उसको सामना उल्भ्सविरुद्ध हुनेछ ।

युरोपा लिगमा क्वार्टरफाइनल समीकरण पूरा

इंग्लिस प्रिमियर लिग क्लब उल्भ्सले भने ओलम्पियाकोसलाई १–० पराजित गर्‍यो । उल्भ्सका लागि राउल जिमिनेजले पेनाल्टीबाट गोल गरे । यस्तै बायर लेवरकुसनले रेन्जर्सलाई र बासेलले आइनट्राख्ट फ्रान्कफर्टलाई समान १–० ले हराए ।

अब क्वार्टरफाइनलबाट यसपल्टको युरोपा लिगले ‘मिनी टुर्नामेन्ट’ को आकार लिनेछ । प्रतियोगिता नकआउटका आधारमा जर्मनीमा हुनेछन् ।

क्वार्टरफाइनलमा साख्तर डोनेस्कविरुद्ध बासेल, म्यानचेस्टर युनाइटेडविरुद्ध कोपनहेगन, इन्टर मिलानविरुद्ध बायर लेवरकुसन र उल्भ्सविरुद्ध सेभिया भिड्नेछन् । फाइनल खेल अगस्ट २१ मा कोलोनमा हुनेछ ।

प्रकाशित : श्रावण २३, २०७७ ०६:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?