१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

पाकिस्तानविरुद्ध इंग्ल्यान्ड कमजोर

एजेन्सी

म्यानचेस्टर — इंग्ल्यान्डले पाकिस्तानविरुद्धको पहिलो टेस्टको दोस्रो दिन बिहीबार कमजोर प्रदर्शन गरेको छ । सान मसुदको शतकमा पाकिस्तान भने सहज स्थितिमा रहेको छ । 

पाकिस्तानविरुद्ध इंग्ल्यान्ड कमजोर

प्रारम्भिक ब्याट्सम्यान मसुदले १ सय ५६ रन बनाए । पाकिस्तान ३ सय २६ रन बनाएर अलआउट भयो । जवाफमा इंग्ल्यान्डले ९० रन बनाउँदा चार विकेट गुमाएको छ ।

मसुदले सादब खानसँग मिलेर १ सय ५ रनको साझेदारी गरे । सादबले ४५ रन जोडे । घरेलु टिमका रोरी बर्नसले पहिलो ओभरमै विकेट गुमाए । उनी साहिन अफ्रिदीको बलमा एलबीडब्लू भए ।

डोम सिबली भने मोहम्मद अब्बासको बलमा आउट भए । अब्बासले नै बेन स्टोक्सलाई आउट गर्दा इंग्ल्यान्ड तीन विकेट गुमाएर १२ रनमा खुम्चिएको थियो । जोए रुट र ओली पोपले ५० रनको साझेदारी गरे ।

रुट १४ रन बनाएर यासिर साहको बलमा आउट भए । इंग्ल्यान्ड अझै २ सय ३४ रनले पछाडि छ ।

प्रकाशित : श्रावण २३, २०७७ ०६:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?